रसुवामा सुत्केरी फुर्पु यामो र नवजात शिशुको हवाई उद्धार
रसुवाको आमाछोदिङ्मो–३ गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र नवजात शिशुको हवाई उद्धार गरिएको छ। स्वास्थ्यमा जटिलता देखिएपछि दुवैलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो।
सपना न्यौपाने
काठमाडौँ | २१ भाद्र २०८३, आईतवार
२१ भदौ, काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको हवाई उद्धार गरिएको छ । फुर्पुले गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएकी थिइन् । प्रसूतिपछि आमा र नवजात शिशु दुवैमा जटिल स्वास्थ्य समस्या देखिएपछि थप उपचार आवश्यक परेको थियो । तर, भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण आमाछोदिङ्मो गाउँपालिका सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएपछि उनीहरूलाई तत्काल अन्य स्वास्थ्य संस्थामा लैजान कठिन भएको थियो । अवस्था गम्भीर बनेपछि दुवैलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो । उनीहरूलाई काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरी आवश्यक उपचार सुरु गरिएको जनाइएको छ । बाढीका कारण सडक अवरुद्ध हुँदा दुर्गम क्षेत्रका बिरामी तथा सुत्केरीलाई उपचारका लागि बाहिर ल्याउन समस्या भइरहेको छ ।
थप समाचार
२६ भाद्र २०८३, शुक्रबार
डीआरसीको बुकाभुका दुई विद्यालयमा आगलागी, २४ बालबालिकाको ज्या...
१९ भाद्र २०८३, शुक्रबार
भोटेकोशी बाढीः एक हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ता
१९ भाद्र २०८३, शुक्रबार
सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धारसँगै उद्धार हुनेको सं...
१८ भाद्र २०८३, बिहीबार
कृष्णभिर पहिरो हटाउन १८ जनशक्ति परिचालन, रुख कटान कार्य सुरु
१८ भाद्र २०८३, बिहीबार
रसुवा बाढीपीडितको पहिचानका लागि प्रहरीले डीएनए परीक्षण प्रक्...
१७ भाद्र २०८३, बुधबार
चीन–रसुवागढी जोड्ने केरुङ नाका स्थलमार्ग पुनः पूर्ण रूपमा सञ...
२६ भाद्र २०८३, शुक्रबार
भदौ मसान्तभित्र यातायात खुलाउन वैकल्पिक सडक र सुरुङको तयारी
२६ भाद्र २०८३, शुक्रबार
पहिरोले सोलुखुम्बुको हुङ्गा खोला थुनियो, आसपासका बस्तीमा बाढ...
२५ भाद्र २०८३, बिहीबार
डोल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो, विशेषज्ञ चिकित्स...
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
२४ भाद्र २०८३, बुधबार
कर्णाली राजमार्गको दैलेख भल्लुखोलामा गएको पहिरो पन्छाएपछि सड...