डोल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो, विशेषज्ञ चिकित्सकको अभाव कायमै
डोल्पा जिल्ला अस्पतालमा आर्थिक वर्ष २०८२/८३ मा १५ हजार ९७८ जनाले ओपीडी सेवा लिएका छन् । विशेषज्ञ चिकित्सकको अभावबीच २०३ जना बिरामी थप उपचारका लागि जिल्ला बाहिर पठाइएका छन् ।
सपना न्यौपाने
काठमाडौँ | २५ भाद्र २०८३, बिहीबार
२५ भदौ,काठमाडौँ। डोल्पा जिल्ला अस्पतालमा पछिल्लो एक वर्षमा १५ हजार ९७८ जनाले बहिरंग सेवा (ओपीडी) लिएका छन् । बिरामीको चाप बढ्दै गए पनि अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव कायमै छ । आर्थिक वर्ष २०८२/८३ मा २०३ जना बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ । सो अवधिमा ८६१ जनाले आकस्मिक, ५ हजार ७९ जनाले प्रयोगशाला, ४४६ जनाले ईसीजी, ६१ जनाले मुटुको इको, १ हजार ८३८ जनाले भिडियो एक्सरे र २ हजार ६५८ जनाले एक्सरे सेवा लिएका छन् । ७०८ जना भर्ना भएर उपचाररत भए । सुत्केरी सेवातर्फ १५६ जनाले सेवा लिए । अस्पतालमा ४० नवजात शिशुले एसएनसीयू सेवा तथा ५०७ बालबालिकाले खोप सेवा लिएका छन् ।
थप समाचार
२६ भाद्र २०८३, शुक्रबार
भदौ मसान्तभित्र यातायात खुलाउन वैकल्पिक सडक र सुरुङको तयारी
२६ भाद्र २०८३, शुक्रबार
पहिरोले सोलुखुम्बुको हुङ्गा खोला थुनियो, आसपासका बस्तीमा बाढ...
२६ भाद्र २०८३, शुक्रबार
डीआरसीको बुकाभुका दुई विद्यालयमा आगलागी, २४ बालबालिकाको ज्या...
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
२४ भाद्र २०८३, बुधबार
कर्णाली राजमार्गको दैलेख भल्लुखोलामा गएको पहिरो पन्छाएपछि सड...
२४ भाद्र २०८३, बुधबार
सिरहामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाँजा...