पहिरोले सोलुखुम्बुको हुङ्गा खोला थुनियो, आसपासका बस्तीमा बाढीको जोखिम झन् बढ्यो
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ मा पहिरो खस्दा हुङ्गा खोला थुनिएको छ। करिब ३५ मिटर अग्लो पहिरोले खोला थुनेपछि १०० मिटर लामो र १५ मिटर गहिरो कृत्रिम ताल बनेको छ।
सपना न्यौपाने
काठमाडौँ | २६ भाद्र २०८३, शुक्रबार
२६ भदौ, काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ बीच पर्ने हुङ्गा (हुङ्कु) खोला पहिरो खसेर थुनिएको छ। शुक्रबार बिहान गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल करिब ३५ मिटर अग्लो पहिरो खस्दा खोला अवरुद्ध भएको हो। पहिरोका कारण खोलामा करिब १०० मिटर लामो र १५ मिटर गहिरो कृत्रिम ताल बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। ड्याममाथिबाट पानी विस्तारै बग्न थालेकाले तत्काल ठूलो जोखिम नरहेको प्रहरीले जनाएको छ। यद्यपि, कृत्रिम ड्याम जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ। प्रहरीले नदी किनारका बासिन्दा तथा नजिकका दुई हाइड्रोपावर आयोजनालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
थप समाचार
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितका लागि आदर्श इङ्लिस बोर्डिङ स्कुलद्वारा ४२ हजार ४७...
१८ भाद्र २०८३, बिहीबार
मानवीय सेवामा बुद्धभूमि युथ सोसाइटी, रसुवाका बाढीपीडितका लाग...
१६ भाद्र २०८३, मंगलवार
भोटेकोसी बाढीपहिरो पीडितका लागि होटल तथा रेस्टुरेन्ट व्यवसाय...
१५ भाद्र २०८३, सोमबार
रसुवाको बाढीपछि नदीमा बगेर आएका माछा तथा खाद्यपदार्थ नखान प्...
१५ भाद्र २०८३, सोमबार
भोटेकोशी बाढीको भयावह क्षति : ९०३ जनाको मृत्यु, ४ हजार २४७ अ...
२६ भाद्र २०८३, शुक्रबार
भदौ मसान्तभित्र यातायात खुलाउन वैकल्पिक सडक र सुरुङको तयारी
२६ भाद्र २०८३, शुक्रबार
डीआरसीको बुकाभुका दुई विद्यालयमा आगलागी, २४ बालबालिकाको ज्या...
२५ भाद्र २०८३, बिहीबार
डोल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो, विशेषज्ञ चिकित्स...
२४ भाद्र २०८३, बुधबार
कर्णाली राजमार्गको दैलेख भल्लुखोलामा गएको पहिरो पन्छाएपछि सड...
२४ भाद्र २०८३, बुधबार
सिरहामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाँजा...