भदौ मसान्तभित्र यातायात खुलाउन वैकल्पिक सडक र सुरुङको तयारी
पृथ्वी राजमार्गको कृष्णभीर खण्ड १३ दिनदेखि अवरुद्ध छ। भदौ मसान्तभित्र अस्थायी ट्र्याकबाट यातायात खुलाउने लक्ष्य रहे पनि पहिरो जोखिम कायमै छ। त्यसैले सरकारले त्रिशूलीपारिको सडकलाई वैकल्पिक मार्गका रूपमा स्तरोन्नति गर्दैछ।
बिनिता परियार
कृष्णभीर | २६ भाद्र २०८३, शुक्रबार
पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएको १३ दिन पुगे पनि भदौ मसान्तभित्र अस्थायी ट्र्याकबाट यातायात खुलाउने योजना पहिरोको जोखिमका कारण अनिश्चित बनेको छ। सरकारले पहिरोमाथि बनाइएको करिब २५० मिटर ट्र्याकमा ग्राभेल गरी तत्काल यातायात सञ्चालन गर्ने तयारी गरे पनि कृष्णभीर पुनः खस्न सक्ने जोखिम रहेको जनाएको छ। त्यसैले सरकारले वैकल्पिक मार्गलाई प्राथमिकतामा राख्दै बेनीघाट र फिस्लिङका पुल जोड्ने करिब १२ किलोमिटर त्रिशूलीपारिको सडक स्तरोन्नति सुरु गरेको छ। प्रदेश तथा स्थानीय तहले खोलेका ट्र्याक सुधार गरी आवश्यक स्थानमा नयाँ ट्र्याकसमेत खोलिनेछ। उक्त सडक दसैंअघि कालोपत्रे गर्ने लक्ष्य छ। मनसुन अझै नसकिएकाले कृष्णभीरबाट अस्थायी रूपमा सडक खुलाउने र वैकल्पिक सडक विस्तार गर्ने काम सँगसँगै अघि बढाइएको छ।
थप समाचार
२६ भाद्र २०८३, शुक्रबार
पहिरोले सोलुखुम्बुको हुङ्गा खोला थुनियो, आसपासका बस्तीमा बाढ...
२६ भाद्र २०८३, शुक्रबार
डीआरसीको बुकाभुका दुई विद्यालयमा आगलागी, २४ बालबालिकाको ज्या...
२५ भाद्र २०८३, बिहीबार
डोल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो, विशेषज्ञ चिकित्स...
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
२४ भाद्र २०८३, बुधबार
कर्णाली राजमार्गको दैलेख भल्लुखोलामा गएको पहिरो पन्छाएपछि सड...
२४ भाद्र २०८३, बुधबार
सिरहामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाँजा...