कृष्णभिर पहिरो हटाउन १८ जनशक्ति परिचालन, रुख कटान कार्य सुरु
पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो पन्छाउने कार्य तीव्र पारिएको छ। १८ जना जनशक्ति परिचालन गरी रुख कटान भइरहेको छ भने आवश्यक निर्माण उपकरण पनि सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।
बिनिता परियार
कृष्णभिर | १८ भाद्र २०८३, बिहीबार
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम तीव्र रूपमा अघि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान सुरु गरिएको छ। आवश्यक निर्माण उपकरण पनि सडकका दुवै छेउमा तयारी अवस्थामा राखिएको छ। रुख कटान सम्पन्न भएपछि उपकरण परिचालन गरी पहिरो हटाउने काम सुरु गरिने मन्त्रालयले जनाएको छ। सडक सञ्चालनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताइएको छ। कृष्णभिरमा सडक भासिँदा काठमाडौंको आपूर्ति व्यवस्था प्रभावित भएको छ भने उपत्यका आवतजावत गर्ने यात्रुले सास्ती भोगिरहेका छन्। यसको असर बजारमा समेत देखिन थालेको छ।
थप समाचार
२६ भाद्र २०८३, शुक्रबार
डीआरसीको बुकाभुका दुई विद्यालयमा आगलागी, २४ बालबालिकाको ज्या...
२१ भाद्र २०८३, आईतवार
रसुवामा सुत्केरी फुर्पु यामो र नवजात शिशुको हवाई उद्धार
१९ भाद्र २०८३, शुक्रबार
भोटेकोशी बाढीः एक हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ता
१९ भाद्र २०८३, शुक्रबार
सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धारसँगै उद्धार हुनेको सं...
१८ भाद्र २०८३, बिहीबार
रसुवा बाढीपीडितको पहिचानका लागि प्रहरीले डीएनए परीक्षण प्रक्...
१७ भाद्र २०८३, बुधबार
चीन–रसुवागढी जोड्ने केरुङ नाका स्थलमार्ग पुनः पूर्ण रूपमा सञ...
२६ भाद्र २०८३, शुक्रबार
भदौ मसान्तभित्र यातायात खुलाउन वैकल्पिक सडक र सुरुङको तयारी
२६ भाद्र २०८३, शुक्रबार
पहिरोले सोलुखुम्बुको हुङ्गा खोला थुनियो, आसपासका बस्तीमा बाढ...
२५ भाद्र २०८३, बिहीबार
डोल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो, विशेषज्ञ चिकित्स...
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
२४ भाद्र २०८३, बुधबार
कर्णाली राजमार्गको दैलेख भल्लुखोलामा गएको पहिरो पन्छाएपछि सड...