logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

जिवनशैली

पाख्रिबास नगरपालिकाद्वारा कृषि कलेजलाई ग्रिनहाउस र सञ्चालनका लागि १० लाख सहयोग।

पाख्रिबास नगरपालिकाले कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई १० लाख सहयोग गरेको छ। यो रकमबाट ग्रिन हाउस निर्माण र सञ्चालन गरी विद्यार्थीको प्रयोगात्मक तथा अनुसन्धान कार्य सहज बनाइनेछ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १८ कार्तिक २०८३, मंगलवार

पाख्रिबास नगरपालिकाले धनकुटास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ सहयोग गरेको छ। कलेजका प्रिन्सिपल निराजन भण्डारीका अनुसार ५ लाख रुपैयाँ ग्रिन हाउस निर्माण र ५ लाख सञ्चालन खर्चका लागि दिइएको हो। बिएससी एजीका विद्यार्थीको प्रयोगात्मक, अनुसन्धान र बिरुवा उत्पादन कार्य सहज बनाउन सिलबन्दी बोलपत्र मार्फत नयाँ ग्रिन हाउस बनाउन लागिएको छ। नगर प्रमुख ज्ञानबहादुर गुरुङले कलेज पालिकाको गौरवको विषय भएकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कृषि उत्पादन वृद्धि र समस्या समाधानमा कलेजले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। साथै आगामी दिनमा कलेजमा स्नातकोत्तर कार्यक्रम सञ्चालनका लागि समेत पहल गरिने उनले बताए।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।