बाँकेस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी, आठ जना घाइते।
बाँकेको जानकी गाउँपालिका–५ स्थित अम्बे स्टिल उद्योगमा आइतबार बिहान विद्युत् सर्ट भई भट्टीमा आगलागी हुँदा आठ जना घाइते भएका छन्। २५ टन क्षमताका फलाम पगाल्ने तीनवटा भट्टीमा एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ।
सपना न्यौपाने
काठमाडौँ | १६ कार्तिक २०८३, आईतवार
बाँकेको जानकी गाउँपालिका–५ स्थित अम्बे स्टिल सरिया कम्पनीमा आइतबार बिहान फलाम पगाल्ने भट्टीमा विद्युत् सर्ट सर्किट भई आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइते हुनेहरूमा बाँकेका ५ र भारतका ३ जना मजदुर रहेका छन्। गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि भारतको लखनउ पठाइएको छ भने बाँकीको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ।
प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा बिहान सवा ८ बजे आगो नियन्त्रणमा लिइएको थियो। २५ टन क्षमताका तीनवटा भट्टीमा भएको यस आगलागीबाट पुगेको अन्य क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
थप समाचार
२० कार्तिक २०८३, बिहीबार
कालीगण्डकी बाढीले क्षति पुर्याएको बेनी–कोरला सडक खण्ड चीनसँ...
१८ कार्तिक २०८३, मंगलवार
सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि ललितपु...
१४ कार्तिक २०८३, शुक्रबार
उत्तराखण्डबाट उडेको हेलिकप्टर खराब मौसमका कारण जोशीमठ नजिकै...
१४ कार्तिक २०८३, शुक्रबार
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेस्थित ए...
१३ कार्तिक २०८३, बिहीबार
सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते
११ कार्तिक २०८३, मंगलवार
चितवनको धारापानीमा ट्रक, बस र माइक्रो ठक्कर खाँदा ११ घाइते।
२१ कार्तिक २०८३, शुक्रबार
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर जुटाउन सरका...
२१ कार्तिक २०८३, शुक्रबार
गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबी गर्दै दान...
२१ कार्तिक २०८३, शुक्रबार
हुम्ला केन्द्रबिन्दु भएर आज बिहान ४.२ म्याग्निच्युडको भूकम्प...
२१ कार्तिक २०८३, शुक्रबार
कैलाली: गोदावरीको गेटास्थित होटलबाट जुवातास खेलेको आरोपमा प्...
२१ कार्तिक २०८३, शुक्रबार
धनकुटा: देवनटारबाट जुवातास खेलिरहेको आरोपमा प्रहरीद्वारा नौ...
२१ कार्तिक २०८३, शुक्रबार
जनकपुरधाम: मधेशमा जसपा, एमाले र नेकपाको नयाँ सत्ता समीकरण बन...