logo of PMS News Nepal

PMS News Nepal

१३ बैशाख २०८३, आईतवार

26 Apr 2026, Sunday

राजनिति

कपिलवस्तु–२ बाट पूर्व एसएसपी विक्रम सिंह थापा प्रतिनिधिसभा उम्मेदवार

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | ६ माघ २०८२, सोमबार

कपिलवस्तु क्षेत्र नम्बर बाट पूर्व एसएसपी विक्रम सिंह थापाले प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्। राष्ट्रियस्वतन्त्र पार्टी ले थापालाई सो क्षेत्रका लागि आधिकारिक उम्मेदवारको टिकट प्रदान गरेको हो।

थापा यसअघि २०७९ सालको निर्वाचनमा नेपाली काँग्रेस बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका थिए। उक्तनिर्वाचनमा उनी नवराज लामिछाने सँग झिनो मतान्तरले पराजित भएका थिए।

यसपटक थापा रास्वपाबाट प्रतिनिधिसभा उम्मेदवार बनेसँगै कपिलवस्तु को राजनीतिक वातावरण तातिएको छ। उनकोउम्मेदवारीप्रति विशेषगरी युवावर्गले खुसी व्यक्त गरेका छन्। उनीहरू थापाको सुरक्षा निकायमा रहेको अनुभव, अनुशासन नयाँ राजनीतिक धारले क्षेत्रको विकासमा योगदान पुग्ने अपेक्षा राखेका छन् ।

यद्यपि, केही मतदाताले भने पार्टी परिवर्तन गरेर चुनाव लड्नुलाई अवसरवादका रूपमा टिप्पणी गरेका छन्। तर थापा निकट स्रोतका अनुसार उनले जनताको चाहना, सुशासन र परिवर्तनको एजेन्डालाई अघि बढाउन नयाँ राजनीतिक यात्राको निर्णय लिएका हुन्।

पूर्व सुरक्षा अधिकारीको रूपमा परिचित थापाको उम्मेदवारीले कपिलवस्तु–२ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाउने देखिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।